बाढी प्रभावित क्षेत्र पुगे कांग्रेस सभापति थापा, उद्धारमा ढिलाइ भएको स्थानीयको गुनासो

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १७:३३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि सोमबार नुवाकोट पुगेका छन् । सभापति थापा नुवाकोटको विदुर नगरपालिका–३ स्थित बाढी प्रभावित क्षेत्रमा पुगेका हुन् ।

भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहे पनि कतिपय स्थानमा अझै नागरिक समस्यामा छन् ।

Advertisement

विदुर नगरपालिका–३ पुगेर स्थानीयसँग भेटघाट तथा घटनाबारे जानकारी लिने क्रममा सभापति थापासँग स्थानीयले उद्धारमा ढिलाइ भएको गुनासो गरेका थिए ।

स्थानीयले विपद्का बेला समयमै उद्धार तथा राहत नपाउँदा थप समस्या भोग्नुपरेको भन्दै प्रभावितको तत्काल उद्धार र राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन आग्रह गरेका थिए । सभापति थापाले प्रभावित क्षेत्रको अवस्था तथा स्थानीयका समस्याबारे जानकारी लिएका छन् ।

तपाइको प्रतिक्रिया
राष्ट्रपति र प्रधानमन्त्री भेट्न रवि लामिछानेको दौडधुप
बाढी प्रभावितका लागि हिमगिरि हाइजिनले ७० लाखको सामग्री दिने
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच विपद् व्यवस्थापनबारे छलफल
रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, प्रतिकार गर्ने चेतावनी
भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टन खाद्य सामग्री पठाइयो
बाढी प्रभावित क्षेत्र पुगे कांग्रेस सभापति थापा, उद्धारमा ढिलाइ भएको स्थानीयको गुनासो
बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह
नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा बाढीपीडितका लागि एक लाख सहयोग
३९ देशका ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×