टिमुरेमा पुरिएका ९८ शव निकालियो

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार २२:३४

रसुवा । रसुवा  टिमुरेमा मात्रै ९८ वटा शव फेला परेका छन्। बाढीले बगाएका शव संकलन गर्दै आएको सुरक्षाकर्मीको टोलीले पछिल्लो तीन दिनदेखि पुरिएका बस्तीमा उत्खनन् गरेर समेत शव निकालिरहेको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उत्खनन् गरेर टिमुरेबाट ९७ वटा शव निकालेको हो। यसअघि एक शव फेला परेको थियो।

Advertisement

रसुवाका प्रहरी प्रमुख डीएसपी अशोक थापाका अनुसार टिमुरेमा शव खोजी तथा उत्खनन्को काम लगभग सकिएको छ। ‘तीन दिनदेखि उत्खनन् भइरहेको थियो। ९७ वटा शव फेला परेका छन्। एउटा शव यसअघि नै आफन्तले पहिचान गरेर लगेका थिए,’ उनले भने।

उनका अनुसार स्याफ्रुबेँसीमा नौ र बेत्रावतीमा ११ वटा शव फेला परेका छन्। टिमुरेमा फेला परेका शव हेलिकप्टरमार्फत संकलन गरिएको छ। सुरक्षाकर्मीले नदी किनारसहित रसुवाका अन्य प्रभावित क्षेत्रमा पनि खोजतलास जारी राखेका छन्।

रसुवामा सबैभन्दा धेरै मानिस फसेको आशंका गरिएको टनेल क्षेत्रमा भने अझै उत्खनन् भइरहेको छ। त्यहाँ उद्धारको प्रयास जारी रहे पनि अहिलेसम्म सफलता हात लाग्न सकेको छैन। नेपाली सेनाले विदेशी विज्ञको समेत सहयोगमा खोज तथा उद्धारको काम गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×