हिमताल फुट्ने जोखिम कायमै

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार ०७:१२

काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा पहिरो तथा बाढीको प्रभाव घट्दै गए पनि थप हिमताल फुट्ने जोखिम कायमै रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।

नेपालको छोछेन खोला क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि जम्मा भएको पानीको अधिकांश भाग बाहिरिइसकेको छ भने नदीको बहाव सामान्य अवस्थामा फर्किएको छ । तर, आसपासका हिमनदी भत्किएर ठूलो मात्रामा मलबे नदीमा खस्दा पुनः प्राकृतिक बाँध बन्न सक्ने जोखिम रहेको चीनले जनाएको छ ।

Advertisement

चीनले ग्यिरोङ छाङ्पो नदीको जलाधार क्षेत्रमा रहेका १४ वटा हिमतालको निगरानी गरिरहेको छ । तीमध्ये १० वटालाई उच्च जोखिम र चारवटालाई मध्यमदेखि न्यून जोखिममा राखिएको छ । पछिल्लो एक महिनामा भने ती हिमतालको पानीको सतहमा ठूलो परिवर्तन नदेखिएको बताइएको छ ।

चीनले जोखिम निगरानीका लागि १४ सदस्यीय प्राविधिक टोली परिचालन गरेको छ । केरुङ बन्दरगाह क्षेत्रमा अगस्ट ३१ बिहान नदीको बहाव प्रतिसेकेन्ड १२५ घनमिटर मापन गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×