बाढी प्रभावित जिल्लामा सशस्त्र प्रहरीका १२ अस्थायी बेस

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार ०९:२३

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित तीन जिल्लामा १२ वटा अस्थायी बेस स्थापना गरेको छ। धादिङमा दुई, नुवाकोटमा छ र रसुवामा चारवटा बेस स्थापना गरिएको हो।

धादिङको मलेखु र गल्छी, नुवाकोटको देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो–३ए, त्रिशूली हाइड्रो–३बी, स्याफ्रुबेंसी र बोगटिटारमा अस्थायी बेस स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisement

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन धादिङको मलेखु र नुवाकोटको तारकेश्वरस्थित बेसमा मेडिकल टोलीसमेत खटाइएको छ। प्रत्येक बेसमा १५ देखि ३५ जनासम्मको उद्धार टोली परिचालन गरिएको छ। टोलीमा विशेष तालिमप्राप्त उद्धारकर्मीसमेत रहेका छन्।

ती बेसबाट कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर), मेडिकल फर्स्ट रेस्पोन्डर (एमएफआर), खोजी तथा उद्धारमा प्रयोग हुने तालिमप्राप्त कुकुर, ड्रोन, रोप रेस्क्यु, डेड बडी म्यानेजमेन्ट, गोताखोर, स्विफ्ट वाटर रेस्क्यु टिम र मास क्याजुअल्टी भेहिकल (एमसीभी) लगायतका विशेष टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×