कहाँ कहाँ छ वर्षाको सम्भावना ?

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार ०७:४३
विराटनगरमा देशभरकै उच्च वर्षा 

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ। हाल कोशी प्रदेशको तराई तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ । बाँकी सबै भूभागमा साधारणतया बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम सम्मको वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । कोशी र सुदूरपश्चि प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

Advertisement

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

कोशी प्रदेशको तराई भूभागका केही, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

तपाइको प्रतिक्रिया
सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, कागजात जले
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने– ‘हिमालयन सुनामी’
भारतबाट राहत सामग्री र सुरुङ उद्धार टोली नेपाल आइपुग्यो
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयन: मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’
बाढीपीडितका लागि जीवन विकास लघुवित्तको २५ लाख ५ हजार सहयोग
देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेपछि कांग्रेस अनुशासन समिति बैठक बस्दै
बाढीपछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×