बाढी प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार ०७:४५

काठमाडौं। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लामा १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो।

बाढी गए लगत्तै रसुवा र नुवाकोटका लागि १/१ करोड र धादिङका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पहिलो चरणमा भदौ १२ गते ६ करोड ५० लाख र भदौ १६ गते ६ करोड ५० लाख गरी १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको हो।

Advertisement

रसुवाको उत्तरगया गाउँपालिकाका लागि १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि २ करोड, कालिका गाउँपालिकाका लागि ६० लाख र आमा छोदीङ्मो गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिसकेको छ।

त्यसैगरी नुवाकोटको विदुर नगरपालिकाका लागि ३ करोड, बेलकोटगढी नगरपालिकाका लागि १ करोड ७५ लाख, किस्पाङ्ग गाउँपालिकाका लागि ५० लाख, तारकेश्वर गाउँपालिकाका लागि १ करोड रुपैयाँ निकासा गरिएको छ।

धादिङको गल्छी गाउँपालिकाका लागि ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख, गजुरी गाउँपालिकाका लागि ४० लाख, बेनीघाट गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिएको छ।

साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख र तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख र आबुँखैरनी गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा भइसकेको छ।

त्यसैगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ। जसमध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते १ करोड रुपैयाँ उपलब्ध गराएको थियो।

हाल कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रकम मौज्दात छ। साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×