बाढीपीडितलाई हङकङको डिएबीले दियो ४० लाख

Share this
821shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १०:४०

काठमाडौं । भोटेकोसी बाढीपीडितका लागि हङकङको राजनीतिक दल डेमोक्रेटिक एलायन्स फर बेटरमेन्ट (डिएबी)ले ४० लाख रुपैयाँ सहयोग गरेको छ ।

डिएबीका अध्यक्ष गेरी चेनले हङकङस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत सतीश गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

Advertisement

नेपाली समुदायका स्थानीय नेता कुलप्रसाद गुरुङका अनुसार डिएबीले आफ्नो पार्टी कोषबाट बाढीपीडितका लागि सहयोग गरेको हो। डिएबी हङकङको बेइजिङ समर्थक राजनीतिक दलका रूपमा चिनिन्छ ।

राहत रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष चेनसँगै उपाध्यक्ष तथा सांसद होल्डेन चो, सांसद भिन्सेन्ट चेन, डिस्टिक काउन्सिलर अरुणा गुरुङ र बेनी यङ तथा कुलप्रसाद गुरुङलगायत सहभागी थिए ।

कार्यवाहक महावाणिज्यदूत गुरुङले विपद्को समयमा सहयोग गरेकोमा डिएबीलाई धन्यवाद दिँदै प्राप्त रकम नेपाल सरकारको एकद्वार नीतिअनुसार सम्बन्धित कोषमा तत्काल जम्मा गरिने बताए ।

तपाइको प्रतिक्रिया
 बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख५ हजार सहयोग
बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख ५ हजार सहयोग
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’
बाढीपीडितका लागि जीवन विकास लघुवित्तको २५ लाख ५ हजार सहयोग
देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेपछि कांग्रेस अनुशासन समिति बैठक बस्दै
बाढीपछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो
सामान्य बढ्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
विराटनगरमा खैरो हेरोइनसहित एक जना पक्राउ
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
मोरङमा विभिन्न मुद्दाका १५ फरार प्रतिवादी पक्राउ
रास्वपा बैठक : बाढी र राजनीतिक परिस्थितिबारे छलफल हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×