बाढीपीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानले दियो १ करोड ९ लाख

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १४:४५

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले विपद् प्रभावित क्षेत्रको उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख ५१ हजार ३५२ रुपैयाँ सहयोग गरेको छ ।

प्रतिष्ठानले आफ्नोतर्फबाट १ करोड १ लाख रुपैयाँ र कर्मचारीहरूको एक दिनको पारिश्रमिकबापत ८ लाख ५१ हजार ३५१ रुपैयाँ गरी कुल १ करोड ९ लाख ५१ हजार ३५२ रुपैयाँ बिहीबार कोषमा जम्मा गरेको हो ।

Advertisement

यस्तै, प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन अस्ट्रेलियाले पनि २१ लाख ८१ हजार २०० रुपैयाँ सहयोग गरेको छ ।

सहयोग रकमको चेक तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनकी नेपाल प्रतिनिधि एन्जिला दाहालले संयुक्त रूपमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानका तर्फबाट गरिएको सहयोगसहित फाउण्डेसनको थप सहयोग जोड्दा विपद् उद्धारका लागि कुल १ करोड ३१ लाख ३२ हजार ५५२ रुपैयाँ उपलब्ध भएको छ ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी पीडितका लागि डा. मिनेन्द्र रिजालको १ लाख सहयोग
उद्धार, राहत र पुनःस्थापना प्रभावकारी बनाउन सरकारलाई मानव अधिकार आयोगको आग्रह
बाढीपीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानले दियो १ करोड ९ लाख
प्रधानसेनापति सिग्देलद्वारा विपद् प्रभावित क्षेत्रमा स्थलगत अनुगमन
   एसीसी प्रिमियर कप: मलेसियालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित
एसीसी प्रिमियर कप: मलेसियालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित
मन्त्रिपरिषद् बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, कागजात जले
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने– ‘हिमालयन सुनामी’
भारतबाट राहत सामग्री र सुरुङ उद्धार टोली नेपाल आइपुग्यो
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×