उद्धार, राहत र पुनःस्थापना प्रभावकारी बनाउन सरकारलाई मानव अधिकार आयोगको आग्रह

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार १४:५०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका काम थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा विपद्पछिका उद्धार, राहत तथा पुनःस्थापनाका काम मानव अधिकारमैत्री ढंगले सञ्चालन गर्न आग्रह गरिएको छ।

Advertisement

आयोगले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत प्रभावित जिल्लामा अनुगमन टोली परिचालन गरी उद्धार कार्य, घाइतेको उपचार तथा होल्डिङ सेन्टरमा रहेका प्रभावितको मानव अधिकारको अवस्थाबारे प्रारम्भिक अनुगमन गरेको जनाएको छ।

बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आयोगले शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, मनोसामाजिक परामर्शकर्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र मानवीय सहयोगमा जुटेका सर्वसाधारणप्रति पनि आयोगले धन्यवाद दिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार र पुनःस्थापनाका काममा निजी क्षेत्रसँग समेत सहकार्य र समन्वय गर्न आयोगले तीनै तहका सरकारलाई आग्रह गरेको छ।

आयोगले विपद्को असहज परिस्थितिमा उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणका काममा सरकारलाई सहयोग गर्न र मानवीय सहायतामा सक्रिय हुन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रभावित परिवारको पीडामाथि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी नगर्न तथा अफवाह फैलाउने खालका सूचना र समाचारबाट टाढा रहन पनि आयोगले अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी पीडितका लागि डा. मिनेन्द्र रिजालको १ लाख सहयोग
उद्धार, राहत र पुनःस्थापना प्रभावकारी बनाउन सरकारलाई मानव अधिकार आयोगको आग्रह
बाढीपीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानले दियो १ करोड ९ लाख
प्रधानसेनापति सिग्देलद्वारा विपद् प्रभावित क्षेत्रमा स्थलगत अनुगमन
   एसीसी प्रिमियर कप: मलेसियालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित
एसीसी प्रिमियर कप: मलेसियालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित
मन्त्रिपरिषद् बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, कागजात जले
भोटेकोशी बाढीलाई परराष्ट्रमन्त्री खनालले भने– ‘हिमालयन सुनामी’
भारतबाट राहत सामग्री र सुरुङ उद्धार टोली नेपाल आइपुग्यो
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×