सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार, काठमाडौं पठाइयो

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १०:३२

नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ ।

नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले शुक्रबार बिहान ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई सुरुङबाट जीवितै उद्धार गरेको हो । उद्धार गरिएका दुवै जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।

Advertisement

साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी तथा आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए । महर्जन आयोजनाका मेकानिकल सुपरभाइजर हुन् । आयोजना मर्मतको काम भइरहेका बेला उनीहरू सुरुङभित्र फसेका थिए ।

सुरुङभित्रबाट थप आवाज सुनिएपछि उद्धार टोली प्रवेश गरेको सशस्त्र प्रहरीले जनाएको छ । १० भदौमा भोटेकोशीमा आएको बाढीपछि उनीहरू सुरुङभित्र फसेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×