मोरङ कारागारमा कुटाकुट, केही कैदीबन्दीलाई बाहिर निकालियो

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १३:५९

विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दीबीच शुक्रबार अपरान्ह कुटाकुट भएको छ ।

कारागारको ‘बी ब्लक’का कैदीबन्दीबीच कुटाकुट हुन थालेपछि प्रशासनले हस्तक्षेप गरेर केही कैदीबन्दीलाई बाहिर निकालेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार चौकीदार विशाल निरौलासहित १८ जना कैदीबन्दीलाई कारागारबाट निकालिएको हो ।

Advertisement

कारागारबाट निकालिएकालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । ‘विशेष गरेर कारागारको ‘बी ब्लक’ कब्जा गरेर बसेका चौकीदारसहितका कैदीबन्दीलाई भित्रकै अन्य कैदीबन्दीले कुटपिट गरेको कारागार स्रोतले बतायो ।

प्रशासनले कारागारभित्र आतंक मच्चाउने कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरेको थियो । तर, स्थानान्तरणको सूचना पाएपछि कैदीबन्दीले नै कारागारको ‘बी ब्लक’ कब्जा गरेका थिए । कैदीबन्दीले भित्रबाटै ताला लगाएर कारागार कब्जा गरेका कारण प्रशासनले हस्तक्षेप गर्न सकेको थिएन ।

तर, कारागार कब्जा गर्ने पक्ष र गर्न नहुने पक्षबीच कुटाकुट भएको स्रोतले बतायो । ‘विशेष गरेर कारागार कब्जा गर्नेहरुलाई अर्को पक्षले कुटपिट गर्दै बाहिर निकालेका हुन् । कुटाकुट हुन थालेपछि सुरक्षाकर्मीको टोली पुगेर बाहिर निकालिएकाहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको छ । कारागार कब्जा गर्ने कैदीबन्दी अभिषेक गिरीका समर्थक हुन्,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार आपराधिक पृष्ठभूमिका अभिषेक गिरीको इसारामा चौकीदारसहित केही कैदीबन्दीले कारागारको ‘बी ब्लक’ कब्जा गरेका थिए । कैदीबन्दीको सरकारी भत्ता आफूले लिने गरेको आरोपमा गिरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यही आरोपमा पक्राउ परेका गिरी भने अदालतको आदेशपछि छुटिसकेका छन् । तर, उनीमाथि अनुसन्धान जारी छ ।

‘कारागार कब्जा गरेर आतंक मच्चाउँदै आफूहरुमाथि यातना दिने र रकम असुल्ने गरिएको भन्दै गिरी पक्षका कैदीबन्दीलाई अरु कैदीबन्दीले एक–एक गरेर कुटपिट गर्दै बाहिर निकालेर सुरक्षाकर्मीको जिम्मा लगाएका हुन् । तर, चोटपटक कसैलाई लागेको छैन,’ कारागार स्रोतले भन्यो । बाहिर निकालिएकाहरुलाई सुरक्षाका दृष्टिकोणले पनि पुनः भित्र लगेर राख्न सक्ने अवस्था नभएका कारण अन्यत्रका कारागारमा स्थानान्तरण गरिने कारागार प्रशासनले जनाएको छ । तर, कुन–कुन कारागारमा स्थानान्तरण गर्ने भन्ने यकिन हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
मोरङ कारागारमा भत्कियो अभिषेक गिरीको सञ्जाल, कैदीबन्दीले मनाए खुसीयाली
सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×