विराटनगरमा ऐतिहासिक रथयात्रा निकालिँदै

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार ०६:१८
फाइल फोटो ।

विराटनगर । विराटनगरमा आज (शनिबार) ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदैछ । राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रामा नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत गरी पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ । ठूलो संख्यामा श्रद्धालु सहभागी हुने भएकाले रथयात्रालाई व्यवस्थित बनाउन आयोजक, स्वयंसेवक र सुरक्षा निकाय सक्रिय छन् ।

Advertisement

यसपटकको रथयात्रामा डीजे साउन्ड प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । धार्मिक पर्वको मौलिकता र आध्यात्मिक वातावरण कायम राख्न डीजेको सट्टा भजन–कीर्तन, धार्मिक झाँकी र परम्परागत प्रस्तुतिलाई प्राथमिकता दिइएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले बताए ।

रथयात्राका क्रममा रथमा राखिएका दुईवटा हर्न माइकबाट भगवानका भजन बजाइनेछन् भने विभिन्न स्थानबाट स्थानीय भजन मण्डलीले भजन–कीर्तन प्रस्तुत गर्नेछन् । पछिल्लो समय धार्मिक पर्वमा चर्को डीजे साउन्डको प्रयोग बढ्दै गएपछि मौलिकता जोगाउन यसपटक यस्तो व्यवस्था गरिएको आयोजकको भनाइ छ ।

विराटनगरको राधाकृष्ण रथयात्राको इतिहास लामो छ । विसं १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि खट यात्राबाट सुरु भएको धार्मिक परम्परा विक्रम संवत २०२५ देखि भव्य रथयात्राका रूपमा अघि बढेको हो । खट यात्राको हिसाबले यो ९५औँ यात्रा भए पनि रथयात्राको हिसाबले ५९औँ हो ।

राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ जानेछ । त्यसपछि बरगाछी हुँदै दुर्गा चोक पुगेर पुनः राधाकृष्ण मन्दिरमा फर्किनेछ । करिब ८ किलोमिटर दूरीको यात्रामा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ ।

यसपटक रथयात्राका क्रममा भेटीबापत संकलन हुने सम्पूर्ण रकम भोटेकोशी बाढीपीडितको राहतका लागि प्रयोग गरिने भएको छ । नगर परिक्रमा गराइने तीनवटा दानपेटिकाबाट संकलित रकम पनि भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।

रथयात्राको सुरक्षालाई लक्षित गरेर बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भिडको अवस्थाका बारेमा निगरानी गर्न ड्रोनसमेत प्रयोग गरिने मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनले रथयात्राका क्रममा उच्छृङ्खल तथा आपराधिक गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गरिने जानकारी दिए ।

रथयात्रालाई व्यवस्थित बनाउन १ हजार १ सदस्यीय मूल समारोह समिति तथा २१ वटा उपसमिति गठन गरिएको छ । स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत, स्वयंसेवक, झाँकी, सञ्चार तथा प्रचारप्रसारलगायतका व्यवस्थापनका लागि छुट्टाछुट्टै उपसमिति परिचालन गरिएको आयोजकले जनाएको छ ।

डीजे होइन, भजनले गुञ्जिँदैछ विराटनगर : यस्तो हुँदैछ ५९औँ राधाकृष्ण रथयात्रा

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी : विपद् मात्रै कि जलवायु परिवर्तनको संकेत ?
मानव बेचबिखनमुक्त समाजका लागि सबै तहका सरकारबीच सहकार्य आवश्यकः प्रधानमन्त्री
‘राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीक’
फकल्यान्डको तेल उत्खनन रोक्न अर्जेन्टिनाको तयारी, ट्रम्पको अभिव्यक्तिले बढायो तनाव
पीडितको दुःखलाई प्रदर्शन होइन, पुनर्निर्माणको शक्तिमा बदल्नुपर्छ
क्यानाडाको प्रान्तीय सरकारद्वारा बाढीपीडितका लागि ५० हजार डलर सहयोग
ड्रोनमार्फत बाढी प्रभावित क्षेत्रमा राहत
प्रतिभा पौडेलको महाकाव्य ‘तितिक्षा’ लोकार्पण
बाढीपीडितका लागि राष्ट्रसंघद्वारा ४ करोड ९६ लाख डलर सहयोगको अपिल
सैन्य परिसरमा शक्तिशाली विस्फोट हुँदा ठूलो हताहती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×