मोरङ, झापा र सुनसरीमा दुर्घटना : तीन जनाको मृत्यु, दुई जना घाइते

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार ०७:३३
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 

विराटनगर । मोरङ, झापा र सुनसरीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा एक जना वृद्धा महिलासहित दुई जना पुरुष रहेका छन् । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

मोरङको बेलबारी नगरपालिका–९ स्थित भित्री सडक खण्डमा स्कुटरको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ । लक्ष्मीमार्गबाट डाँगा बजारतिर जाँदै गरेको प्र १–०२–०५३ प ६६५१ नम्बरको स्कुटरले शुक्रबार साँझ ७ बजेतिर ठक्कर दिँदा अन्दाजी ७५ वर्षीय बेग्री राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

बाटो क्रम गर्दै गरेको अवस्थामा स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको जानकारी प्रहरीले दिएको छ ।

दुर्घटनामा स्कुटर चालक बेलबारी–८ का १७ वर्षीय अदित खवास र स्कुटरको पछाडि सवार १८ वर्षीय रुमन खवास घाइते भएका छन् । सामान्य अवस्थाका दुवै जनाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनाका बारेमा शनिबार बिहान ५ बजेतिर मात्रै जानकारी पाएको थियो । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, झापाको भद्रपुर नगरपालिका–२ चारआलीमा शुक्रबार साँझ सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । धिमालधुराबाट चारआलीतर्फ जाँदै गरेको प्र–१–०१–००२ ह ८४६८ नम्बरको सिटी सफारीले पैदलयात्री भद्रपुर–२ का ६४ वर्षीय पूर्णबहादुर पराजुलीलाई साँझ ६ः४५ बजेतिर ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले राति ९ः५० बजेतिर मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

सफारी र चालक भद्रपुर–३ का ४२ वर्षीय रमेश माझीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको पाइएको छ ।

यसैबीच, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ धर्मकाँटा नजिक बसबाट खसेर सहचालकको मृत्यु भएको छ । विराटनगरबाट नारायणगढतर्फ जाँदै गरेको प्र –०१–०२–००२ ख १२५५ नम्बरको बसबाट खसेर विराटनगर महानगरपालिका–१३ का २३ वर्षीय सापटे भनिने ईशोर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको बसको ढोकाबाट शुक्रबार बिहान ७ः३० बजेतिर खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बस र चालक रौतहटको चन्द्रपुर नगरपालिका–६ का ३७ वर्षीय गणेशबहादुर खपाङ्गी मगरलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । सहचालकले बसेको ढोका खुला राखेर यात्रा गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी : विपद् मात्रै कि जलवायु परिवर्तनको संकेत ?
मानव बेचबिखनमुक्त समाजका लागि सबै तहका सरकारबीच सहकार्य आवश्यकः प्रधानमन्त्री
‘राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीक’
फकल्यान्डको तेल उत्खनन रोक्न अर्जेन्टिनाको तयारी, ट्रम्पको अभिव्यक्तिले बढायो तनाव
पीडितको दुःखलाई प्रदर्शन होइन, पुनर्निर्माणको शक्तिमा बदल्नुपर्छ
क्यानाडाको प्रान्तीय सरकारद्वारा बाढीपीडितका लागि ५० हजार डलर सहयोग
ड्रोनमार्फत बाढी प्रभावित क्षेत्रमा राहत
प्रतिभा पौडेलको महाकाव्य ‘तितिक्षा’ लोकार्पण
बाढीपीडितका लागि राष्ट्रसंघद्वारा ४ करोड ९६ लाख डलर सहयोगको अपिल
सैन्य परिसरमा शक्तिशाली विस्फोट हुँदा ठूलो हताहती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×