चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १३:११

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको टनेलमा सम्भावित मानवीय क्षतिको खोजी तथा उद्धारलाई तीव्रता दिन नेपाली सेनाले शनिबार बिहान हेलिकोप्टरमार्फत स्काभेटर पठाएको छ ।

टनेलभित्र जमेको लेदो र थुप्रिएको भग्नावशेष हटाएर बाटो खुलाउन तथा थप खोजी र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले स्काभेटर पठाइएको सेनाले जनाएको छ ।

Advertisement

बाढीपछि टनेलभित्र लेदो र भग्नावशेष थुप्रिएपछि उद्धार टोलीलाई भित्र प्रवेश गरेर खोजी गर्न कठिनाइ भइरहेको छ । टनेलमा मानिसहरू फसेका छन् वा छैनन् भन्ने यकिन गर्न चिलिमे टनेललाई सम्भावित अन्तिम स्थानका रूपमा राखेर खोजी अघि बढाइएको सेनाले जनाएको छ ।

टनेलभित्रको अवरोध हटाएपछि थप गहिराइसम्म पुगेर खोजी तथा उद्धार गर्ने तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×