बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १७:१८

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका क्रममा भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरीका आश्रित परिवारलाई २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले तत्काल १५ लाख रुपैयाँ राष्ट्रसेवकका तर्फबाट, पाँच लाख रुपैयाँ ‘सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला, आश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि, २०७९’ र थप पाँच लाख रुपैयाँ ‘सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१’ अनुसार उपलब्ध गराउने निर्णय गरेको हो ।

Advertisement

त्यस्तै, मृतक कर्मचारीले कल्याण कोषबाट लिएको ऋणको बाँकी रकम मिनाहा गर्ने र उनका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

भोटेकोशी बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका परिवारका अन्य सदस्यलाई पनि प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत दिने तथा मृतक सशस्त्र प्रहरीको स्मृतिमा स्मारक निर्माण गर्ने निर्णय भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन छन्। बाढीबाट ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरीलाई जनही ५० हजार रुपैयाँ प्रोत्साहन रकम दिने निर्णयसमेत भएको छ ।

त्यस्तै, बाढीमा परी अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा एक लाख, घरवारविहीन भएमा एक लाख तथा आंशिक भौतिक क्षति भएका र घाइतेलाई ५० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने थापाले बताए । सशस्त्र प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मको तर्फबाट १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णयसमेत गरेको छ । टिमुरेस्थित बोर्डर आउट पोस्ट र सुरक्षा बेस मैलुङमा कार्यरत रही बाढीबाट ज्यान जोगाउन सफल सशस्त्र प्रहरीको हकमा भने उक्त रकम कट्टा नगरिने थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
मोरङ कारागारमा भत्कियो अभिषेक गिरीको सञ्जाल, कैदीबन्दीले मनाए खुसीयाली
सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×