सुशासन छैन भने दुई तिहाइले पनि स्थिरता दिन सक्दैन : कार्की

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार ०७:३८

काठमाडौ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत वर्ष आजकै दिन सुरु भएको जेनजी आन्दोलनले सुशासन नभए संसद्को दुई तिहाइ बहुमतले पनि राजनीतिक स्थिरता दिन नसक्ने सन्देश दिएको बताएकी छन् ।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै कार्कीले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग गर्दै सडक तथा डिजिटल सञ्जालमार्फत आवाज उठाएका युवामाथि दमन हुँदा ठूलो जनधनको क्षति भएको उल्लेख गरेकी छन् । उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिका साथै राष्ट्रिय सम्पदा र धरोहरमा समेत ठूलो क्षति भएको उनको भनाइ छ ।

Advertisement

‘राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ,’ उनले भनेकी छन्, ‘अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन ।’ जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको उल्लेख गर्दै कार्कीले राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने बताएकी छन् ।

‘सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन,’ उनले भनेकी छन् । उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएकी छन् ।

कार्कीले जेनजी आन्दोलनबाट भएको जनधनको क्षतिको एक वर्ष नपुग्दै देश अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको पनि उल्लेख गरेकी छन् । भोटेकोसी बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै उनले विपद्को सामना गर्न सबैले धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्नुपर्ने बताएकी छन् । ‘एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गरौँ,’ उनले भनेकी छन् ।

तपाइको प्रतिक्रिया
परिवर्तनको आशा, परिणामको प्रतीक्षा
भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा
अलैँचीको मूल्य प्रतिमन ८५ हजार
‘प्रतिक्रियावादी शक्तिहरू बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयासमा’
जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’
बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग
जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
शान्ति कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा आराधना
इटहरी प्रहरी हिरासतमा थुनुवाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×