वर्षासँगै विभिन्न सडकखण्ड अवरुद्ध, सतर्कता अपनाउन आग्रह

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार ०९:२२

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान ६:४० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट धादिङतर्फ जाने चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा खसेको पहिरो हटाइएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा भने सवारी सञ्चालन रोकिएको छ । उक्त क्षेत्रमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म अवस्था मूल्याङ्कन गरेर मात्र सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ ।

Advertisement

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा रातिको समयमा हुन सक्ने जोखिमलाई ध्यान दिँदै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त सडकखण्डमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढीः १ हजार ३५७ को मृत्यु पुष्टि
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
परिवर्तनको आशा, परिणामको प्रतीक्षा
भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा
अलैँचीको मूल्य प्रतिमन ८५ हजार
‘प्रतिक्रियावादी शक्तिहरू बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयासमा’
जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’
बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग
जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×