इजरायल जान चाहनेलाई अवसर, १ हजार ४६४ कामदारका लागि आवेदन खुला

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार ०९:४२

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि १ हजार ४६४ सहायक कामदारको आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागका अनुसार १ हजार १३२ महिला र ३३२ पुरुष गरी उक्त संख्यामा कामदार माग गरिएको हो ।

आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११:५९ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन विभागको वेबसाइटअन्तर्गत रहेको ferms.dofe.gov.np मार्फत दिन सकिनेछ ।

Advertisement

छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन् । इजरायली सरकारको नियमअनुसार ओभरटाइम सुविधा पनि उपलब्ध हुने विभागले जनाएको छ । कामदारले सातामा ४२ घण्टा काम गर्नुपर्नेछ भने हप्तामा एक दिन बिदा पाउनेछन्। वार्षिक बिदा इजरायली कानुनअनुसार हुनेछ । कामदारका लागि खानाको व्यवस्था हुने छैन। बस्ने व्यवस्था भने रोजगारदाता कम्पनीले गर्नेछ, तर त्यसको खर्च कामदार स्वयंले व्यहोर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
परिवर्तनको आशा, परिणामको प्रतीक्षा
भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा
अलैँचीको मूल्य प्रतिमन ८५ हजार
‘प्रतिक्रियावादी शक्तिहरू बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयासमा’
जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’
बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग
जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
शान्ति कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा आराधना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×