इटहरी प्रहरी हिरासतमा थुनुवाको मृत्यु

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १०:२१
सांकेतिक तस्बिर

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका एक थुनुवाको आज (मंगलबार) बिहान मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ६८ वर्षीय गोपाल कार्की छन् । उनी बाल यौन दुरुपयोग मुद्दामा भदौ ५ गतेदेखि प्रहरी हिरासतमा थिए ।

Advertisement

बिहान हिरासतमा बेहोस अवस्थामा फेला परेपछि कार्कीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रहरीका अनुसार प्रतिष्ठान पुर्‍याएलगत्तै बिहान करिब ४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले उपचारका क्रममा कार्कीको मृत्यु भएको बताए । उनका अनुसार मृत्युको कारण खुल्न बाँकी छ । शव पोस्टमार्टमका लागि प्रतिष्ठानमै राखिएको छ ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाइने प्रहरीले जनाएको छ । अनुसन्धानपछि मात्रै मृत्युको कारण यकिन हुने डीएसपी खड्काले बताए ।

प्रहरी अनुसन्धानकै क्रममा मृत्यु भएका कार्की नेपाल प्रहरीका पूर्वहवल्दारसमेत रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
परिवर्तनको आशा, परिणामको प्रतीक्षा
भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा
अलैँचीको मूल्य प्रतिमन ८५ हजार
‘प्रतिक्रियावादी शक्तिहरू बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयासमा’
जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’
बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग
जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
शान्ति कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा आराधना
इटहरी प्रहरी हिरासतमा थुनुवाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×