रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापित

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १०:४६

काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनःस्थापना गर्न सरकारले अभियान तीव्र पारेको छ । भदौ १० गते आएको बाढीपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी विद्युत् सेवा पुनःस्थापनाको काम अघि बढाएको हो ।

मन्त्रालयका अनुसार मंगलबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० र ११ तथा तारकेश्वर गाउँपालिका–४ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापित भइसकेको छ ।

Advertisement

विद्युत् सेवा तत्काल पुर्‍याउन नसकिएका स्थानमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सामुदायिक आश्रयस्थलका लागि २ किलोवाट क्षमताका सौर्य प्रणाली तथा आवश्यकताअनुसार घरपरिवारका लागि व्यक्तिगत सौर्य प्रणाली वितरण गर्ने काम पनि भइरहेको मन्त्री श्रेष्ठले बताए । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारी बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापनाका लागि निरन्तर खटिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×