स्थानीय तहमा कानुन निर्माण र कार्यान्वयनबारे बेलकामा अन्तरक्रिया

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १८:४३
स्थानीय तहमा कानुन निर्माण र कार्यान्वयनबारे बेलकामा अन्तरक्रिया

उदयपुर । स्थानीय तहमा कानुन निर्माण प्रक्रिया तथा त्यसको कार्यान्वयनको अवस्थाबारे उदयपुरको बेलका नगरपालिकामा एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

न्याय प्रशासन तथा विधायन समिति, कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा स्थानीय तहमा कानुन निर्माण गर्दा अपनाउनुपर्ने प्रक्रिया, कानुनको प्रभावकारी कार्यान्वयन तथा स्थानीय सरकारका काम कारबाहीमा प्रदेश कानुनको भूमिकाबारे छलफल भएको थियो ।

Advertisement

कोशी प्रदेश सभाले ‘गाउँ सभा र नगर सभा सञ्चालन कार्यविधि ऐन, २०७५’ तर्जुमा गरी कार्यान्वयनमा ल्याएको जानकारी दिँदै समितिकी सभापति कमला दर्नालले उक्त ऐनले गाउँ तथा नगर सभाको सञ्चालन, बैठकको कार्यविधि, समिति गठन, सदस्यको पद रिक्त हुने अवस्था तथा गाउँ सभा र नगर सभाका सदस्यले पाउने सेवा–सुविधालगायतका विषयलाई व्यवस्थित गरेको बताइन् ।

उनका अनुसार गाउँपालिका तथा नगरपालिकाका कर्मचारी र कार्यालयसम्बन्धी अन्य व्यवस्था पनि प्रदेश कानुन बमोजिम हुने कानुनी प्रबन्ध रहेको छ ।

समितिकी सभापति दर्नालको अध्यक्षता तथा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारको प्रमुख आतिथ्यता भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय तहमा आवश्यक कानुन निर्माण गर्दा संवैधानिक तथा कानुनी प्रावधानको पालना, निर्माण भएका कानुनको प्रभावकारी कार्यान्वयन तथा स्थानीय तहको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउनुपर्ने विषयमा छलफल भयो ।

स्थानीय तहमा कानुन निर्माण र कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक समस्या पहिचान गर्दै प्रदेश र स्थानीय तहबीच कानुनी तथा संस्थागत समन्वय थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
बाढी पीडितका लागि तेरापन्थी समाजद्वारा ५ लाख सहयोग
बाढी पीडितका लागि तेरापन्थी समाजद्वारा ५ लाख सहयोग
चाडपर्व नजिकिँदै बजारमा चिनीको अभाव
चाडपर्व नजिकिँदै बजारमा चिनीको अभाव
 दीपककुमार साह उद्योगमन्त्री नियुक्त, लिए शपथ
 दीपककुमार साह उद्योगमन्त्री नियुक्त, लिए शपथ
बाढीपीडितको राहतका लागि हिसान मोरङद्वारा ५४ लाख सहयोग
बाढीपीडितको राहतका लागि हिसान मोरङद्वारा ५४ लाख सहयोग
ब्राइट भिजन ल कलेजमा बीएएलएलबीका विद्यार्थीलाई अभिमुखीकरण
ब्राइट भिजन ल कलेजमा बीएएलएलबीका विद्यार्थीलाई अभिमुखीकरण
मोरङ कारागारमा मोबाइल र १० लाख नगद भेटिएपछि सुरक्षा प्रश्नमा
मोरङ कारागारमा मोबाइल र १० लाख नगद भेटिएपछि सुरक्षा प्रश्नमा
सुनसरीका सांसद साह उद्योगमन्त्रीमा सिफारिस
राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने, अरु के के निर्णय गर्यो सरकारले ?
भोटेकोशी बाढी : पूर्वाधारमा एक खर्ब ९० अर्बको क्षति
विपद् न्यूनीकरणदेखि ग्यास आपूर्तिसम्म सरकारको ध्यानाकर्षण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×