प्रतिनिधि सभा बैठक: कार्यसूचीमा विभिन्न विधेयक

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार ०८:४५

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज (बिहीबार) दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विभिन्न विधेयक तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । उनले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ ।

Advertisement

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

बैठकमा सभामुखले राष्ट्रिय सभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×