बाढीपीडितका लागि टेलिकमको १० करोड

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार ०८:४८

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ ।

प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन् । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा सञ्चालक समितिका अध्यक्ष एवं सचिव राजेन्द्रकुमार पौडेललगायतको उपस्थिति थियो ।

Advertisement

यसअघि नेपाल टेलिकमका कर्मचारीका तर्फबाट २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरिसकिएको कम्पनीले जनाएको छ । बाढीपछि कम्पनीले प्रभावित क्षेत्रका सेवाग्राहीलाई ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको थियो ।

कम्पनीले प्राकृतिक विपद्का बेला राहत तथा उद्धारमा सहयोग गर्दै आएको र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग जारी राखेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×