बाढीपीडितका लागि इलामका सहकारीले जुटाए ६ लाख ४० हजार

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार ०९:१८

इलाम । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि इलामका सहकारी संस्थाले ६ लाख ४० हजार ६ सय ६६ रुपैयाँ संकलन गरेका छन् ।

जिल्ला सहकारी संघ लिमिटेड इलामको नेतृत्वमा जिल्लाका सहकारी संघ–संस्था, सहकारी अभियन्ता, सञ्चालक तथा कर्मचारीबाट रकम संकलन गरिएको हो । संघका अनुसार भदौ २२ गते साँझसम्म ५५ वटा सहकारी संघ–संस्था तथा सहकारी अभियन्ता, सञ्चालक र कर्मचारीबाट उक्त रकम संकलन भएको हो ।

Advertisement

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित समुदायको सहयोगका लागि संघले राहत संकलन अभियान सञ्चालन गरेको थियो । संकलित रकम जिल्ला सहकारी संघमार्फत प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरिएको संघका सचिव मोहनबहादुर विष्टले जानकारी दिए ।

विपद्का बेला सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै स्वतःस्फूर्त रूपमा सहयोग गरेको भन्दै संघले सहयोगी सहकारी संस्था, विषयगत संघ, सहकारी अभियन्ता, सञ्चालक तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुसार समाजप्रतिको दायित्वबोध गर्दै आगामी दिनमा पनि यस्तै एकता, सहयोग र सद्भाव कायम रहने अपेक्षा गरिएको विष्टले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×