मन्त्रिपरिषद् बैठक: भोटेकोशी बाढीपछिको अवस्थाबारे छलफल हुने

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार १०:३३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज (बिहीबार) दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयसँगै भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement

बाढी प्रभावित क्षेत्रमा आवश्यक थप निर्णय गर्न बैठक बोलाइएको सचिवालयको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×