भोटेकोशी बाढीमा १ हजार ३ सय ७७ जनाको मृत्यु, ५ हजार १ सय ३० बेपत्ता

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार १३:५२

काठमाडौं। भोटेकोशी बाढीका कारण हालसम्म १ हजार ३ सय ७७ जनाको मृत्यु भएको छ भने ५ हजार १ सय ३० जना अझै बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीपछिको खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक तथ्याङ्क सार्वजनिक गरेको हो ।

प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी ३६४ जनाको शव फेला परेको छ । त्यस्तै, नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ। उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । बेपत्ता रहेका ५ हजार १३० जनामध्ये अधिकांश रसुवा र नुवाकोट क्षेत्रका रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। हालसम्म १०४ वटा शवको सनाखत भइसकेको छ ।

Advertisement

विपद्पछि विभिन्न १९ वटा अस्पतालमा ३३३ जनाको उपचार भइरहेको छ भने २५६ जना उपचारपछि डिस्चार्ज भएका छन् । त्यस्तै, हालसम्म १३ हजार ६५६ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकाहरूका लागि ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । ती सेन्टरमा हाल नुवाकोटका २ हजार ६१५, रसुवाका ७७५ र धादिङका २९५ जना आश्रित छन् ।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री ओसारपसारका लागि नेपाली सेनाले १ हजार ३४८ र सशस्त्र प्रहरी बलले २७२ वटा हवाई उडान गरेका छन् । स्वास्थ्य उपचारतर्फ नेपाली सेनाले ३ हजार ५५९ र सशस्त्र प्रहरी बलले ३ हजार ६०६ जनालाई सेवा प्रदान गरेको जनाएको छ ।

खोज, उद्धार तथा सुरक्षाका लागि कुल २१ हजार ६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ८ हजार ८८५, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन् ।

सरकारले रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित १५ पालिकाका लागि कुल १३ करोड ५० लाख रुपैयाँ राहत रकम पठाइएको प्राधिकरणले जनाएको छ।

प्रभावित क्षेत्रमा सडक तथा हवाईमार्गमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाउने कामसमेत निरन्तर भइरहेको छ।

तपाइको प्रतिक्रिया
अस्पतालबाहिरै बच्चा जन्माएपछि छानबिनमा स्वास्थ्य मन्त्रालय
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी
जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः प्रचण्ड
उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा
भोटेकोशी बाढीमा १ हजार ३ सय ७७ जनाको मृत्यु, ५ हजार १ सय ३० बेपत्ता
‘फैसला कार्यान्वयनमा देखिएका अस्पष्टता हटाउन सरकार गम्भीर’
उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा महासंघको आपत्ति
 एसीसी कप: उपाधिका लागि शनिबार नेपालले युएईसँग खेल्ने 
एसीसी कप: उपाधिका लागि शनिबार नेपालले युएईसँग खेल्ने 
अगस्ट महिनामा विश्वभर सबैभन्दा बढी तापक्रम
कांग्रेसको नेतृत्वमा विपक्षी दलको बैठक सुरु 
कांग्रेसको नेतृत्वमा विपक्षी दलको बैठक सुरु 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×