पहिरोले थुनिएको सोलुखुम्बुको हुँगा खोलामा पानी बग्न थाल्यो

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार ११:२९
हुँगा खोला क्षेत्रको हालको अवस्थाबारे इन्जिनियर रामचन्द्र पौडेलले सिर्जना गरेको सन्देशमूलक तस्बिर।

विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुँगा खोलामा पहिरो खसेर बनेको ड्याम भरिएपछि पानी बग्न थालेको छ। पहिरोले केही समय खोला पूर्ण रूपमा थुनेको थियो ।

दूधकोशी गाउँपालिका–७ का वडाध्यक्ष भोजराज कार्कीका अनुसार करिब ३५–४० मिटर क्षेत्रमा ‘ड्याम’ बनेर पानी जमेको थियो । अहिले पानी ड्याममाथिबाट बग्न थाले पनि ड्याम भत्किएर बाढी आउन सक्ने जोखिम कायमै छ ।

Advertisement

हुँगा खोला महाकुलुङ र सोताङ हुँदै दूधकोशी नदीमा मिसिन्छ । जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले हुँगा खोला र दूधकोशी नदीको तटीय क्षेत्रमा नजान तथा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×