
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेशी आयोगको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज (शुक्रबार) आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष साहले सो प्रतिवेदन पेस गरेका हुन्।
नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।



















