दुई बस ठोक्किँदा १८ जना घाइते

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार ११:०९

नवलपरासी । गैँडाकोट नगरपालिका–१२ हर्कपुरमा आज (शनिबार) बिहान दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको हो ।

दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको पुरानो मेडिकल कलेज र १६ जनाको नयाँ चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये लु.२ ख ६४५७ नम्बरको बसमा सवार कालिकोट तिलागुफा नगरपालिका–३ का ३६ वर्षीय धनमान हमाल र गैँडाकोट नगरपालिका–५ की ६० वर्षीया लीला थापा रहेका छन् ।

Advertisement

त्यस्तै, लु.२ ख ६०३६ नम्बरको बसका चालक भरतपुर महानगरपालिका–४ का ४७ वर्षीय सन्तोषबहादुर गुरुङसहित गैँडाकोटका आत्रिया पौडेल, माधवा ज्ञवाली, सीता ज्ञवाली, जस्विन ज्ञवाली, गोरखाका शंकर बयलकोटी र चितवनकी दिभा रानाभाट घाइते भएका छन् ।

पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेका घाइतेमा बाराका ६० वर्षीय मोहन भैया साह, भरतपुरका ३१ वर्षीया निशा तिवारी र उनका ८ वर्षीय छोरा ऐट्रेन भट्ट, दाङका ५५ वर्षीय निमलाल खड्का र उनकी ५५ वर्षीया श्रीमती अमृता खड्का, रुपन्देहीका ५७ वर्षीय मनोज गुरुङ र उनकी ५१ वर्षीया श्रीमती हुमा गुरुङ, गैँडाकोटका ५२ वर्षीय प्रेमबहादुर रानाभाट र ४३ वर्षीया मिरा आचार्य रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×