कांग्रेसको इतर समूहले खटायो केन्द्रीय प्रतिनिधि, को कहाँ ?

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार १८:४५

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले पार्टीको महाधिवेशन तथा तल्लो तहका अधिवेशन सम्पन्न गर्न विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

इतर समूहले पाँचथरमा सूर्यकुमार दाहाल, झापामा महिन्द्राकुमारी लिम्बू, मोरङमा भीम पराजुली र काठमाडौंमा कल्याणी रिजाललाई जिम्मेवारी दिएको छ । अन्य जिल्लामा पनि महाधिवेशन तथा अधिवेशनका लागि प्रतिनिधि तोकिएको समूहले जनाएको छ ।

Advertisement

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जारी गरेको विज्ञप्तिमार्फत महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षलाई सहयोग गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा सबै तहका जिम्मेवार नेताकार्यकर्तालाई आवश्यक सहयोग गर्न तथा क्रियाशील सदस्य र शुभेच्छुकलाई सक्रिय सहभागिता जनाउन अपिल गरिएको छ ।

भदौ १७ र १८ गते बसेको महाधिवेशन तयारी समितिको बैठकले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो । अधिवेशनलाई व्यवस्थित बनाउन जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा तहमा तयारी समिति गठन गर्ने निर्णयसमेत गरिएको छ ।

निर्धारित कार्यतालिकाअनुसार यी सबै तहका अधिवेशन तयारी समिति असोज ३ गतेभित्र गठन गरिसक्नुपर्नेछ । इतर समूहले अधिवेशन प्रक्रियालाई प्रभावकारी बनाउन प्रतिनिधिहरूलाई सम्बन्धित जिल्लामा समन्वय र सहजीकरणको जिम्मेवारी दिएको हो ।

यी हुन् केन्द्रीय प्रतिनिधि

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×