उदयपुरमा दुर्घटना, प्रहरी जवान घाइते

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार ०७:०५
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाइस्थित फत्तेपुर–गाईघाट भित्री कच्ची सडकखण्डमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा प्रहरी जवान घाइते भएका छन् ।

फत्तेपुरबाट सिवाइतर्फ आउँदै गरेको प्र २–०१–००१ ह ०२१८ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको कोशी प्रदेश ०५–००२ प २५११ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटनामा परेका हुन् । दुर्घटनामा मोटरसाइकल चालक प्रहरी जवान अन्दाजी २९ वर्षीय भेषप्रसाद फुयाल घाइते भएका छन् । उनको बाँया कुम, बाँया खुट्टा र दाहिने घुँडामा चोट लागेको छ ।

Advertisement

स्थानीय क्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ । अवस्था सामान्य रहेको जनाइएको छ । प्रहरी चौकी गोर्खे इलाम दरबन्दी भएका फुयाल इलामकै प्रहरी चौकी जितपुरमा कार्यरत थिए ।

फुयाल भदौ २६ गतेबाट लागू हुने गरी दुई दिनको भैपरी बिदामा बसेको पाइएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×