
झापा । जिल्ला प्रशासन कार्यालय झापाले राष्ट्रिय परिचयपत्र र राहदानीका बाँकी आवेदन शून्यमा झार्न विशेष अभियान थालेको छ ।
‘शून्य बाँकी आवेदन अभियान’अन्तर्गत आगामी असोज १५ गतेसम्म बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइनेछ । सार्वजनिक बिदाका दिनसमेत सेवा निरन्तर रहने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
अनलाइन आवेदन दिएर बायोमेट्रिकलगायत प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई सक्कल कागजातसहित कार्यालयमा उपस्थित भएर सेवा लिन प्रशासनले आग्रह गरेको छ ।

























