
काठमाडौं । रसुवाका विभिन्न दुर्गम गाउँमा ड्रोनमार्फत खाद्यान्न ढुवानी गर्न थालिएको छ ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले सडक तथा पुल बगाएपछि स्थलमार्गबाट खाद्यान्न पुर्याउन कठिन भएपछि ड्रोनमार्फत ढुवानी सुरु गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
कार्यालयका अनुसार सदरमुकाम धुन्चेबाट ठूलो हाकु, हाकुबेँसी, नेसिङ र ग्रेगाउँमा ड्रोनमार्फत खाद्यान्न पुर्याइँदैछ ।

























