
धनकुटा । धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–७ जलजलेस्थित नवनिर्मित नगर अस्पतालमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट सर्ट हुँदा भोजपुरको साल्पासिलिछो गाउँपालिका–४ घर भई हाल महालक्ष्मी नगरपालिका–६ बस्दै आएका ४१ वर्षीय राजकुमार राई घाइते भएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जितपुरस्थित स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । उपचारकै क्रममा शनिबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















