देउवा समूहको बैठक : महाधिवेशनबारे धारणा तय गर्दै

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार १०:५९
काठमाडौंको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनबारे आफ्नो धारणा तय गर्न सोमबार बिहान बैठक गरिरहेको छ । देउवा निवास चुनदेवीमा भइरहेको बैठकमा आइतबार गगन थापा नेतृत्वको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयबारे छलफल भइरहेको नेता एनपी साउदले जानकारी दिए ।

आइतबारको बैठकले १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा सहभागी हुन दिने निर्णय गरेको थियो । तर, उक्त निर्णयका आधारमा मात्र महाधिवेशनमा सहभागी हुने अवस्था नरहेको साउदले बताए ।

Advertisement

अर्का नेता दीपक खड्काले पनि बैठकले महाधिवेशनमा सहभागी नहुने निर्णय गर्ने बताए । कांग्रेसभित्र गत पुसदेखि नेतृत्व र महाधिवेशनको विषयलाई लिएर विवाद रहँदै आएको छ। देउवा र डा. शेखर कोइराला समूहले नयाँ नेतृत्वको प्रक्रिया र त्यसबाट बनेको केन्द्रीय संरचनाप्रति असहमति जनाउँदै आएका छन् ।

देउवा र शेखर समूहले १५औँ महाधिवेशनका लागि गत पुस मसान्तसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने र १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समावेश गर्नुपर्ने माग राखेका थिए। कार्यसम्पादन समितिले ती माग सम्बोधन गरे पनि देउवा र शेखर समूहले असहमति कायमै राखेका छन्। आगामी असोज १६ देखि १९ गतेसम्म तय भएको महाधिवेशनमा सहभागी हुने वा नहुनेबारे देउवा समूहले सोमबारको बैठकबाट आफ्नो औपचारिक धारणा तय गर्ने भएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×