देउवाद्वारा पार्टी एकताका लागि ७ बुँदे अपिल जारी, असोजको महाधिवेशनप्रति आपत्ति

Share this
637shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार १६:५६

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । आज (मंगलबार) ७ बुँदे अपिल जारी गर्दै देउवाले पछिल्लो समय कांग्रेसभित्र देखिएको विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

अपिलमा देउवाले संस्थापन पक्षले पार्टीको विधि, विधान र परम्पराविपरीत केन्द्रीय समितिको निर्णयलाई बेवास्ता गर्दै महाधिवेशनको प्रक्रिया अघि बढाएको आरोप लगाएका छन् । विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन गर्नु राजनीतिक, नैतिक र कानुनी दृष्टिले अनुपयुक्त रहेको उनको तर्क छ ।

Advertisement

विधिवत् निर्वाचित सभापतिका रूपमा आगामी १५ औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै देउवाले आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नरहेको प्रस्ट पारे ।

तपाइको प्रतिक्रिया
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते
देउवाद्वारा पार्टी एकताका लागि ७ बुँदे अपिल जारी, असोजको महाधिवेशनप्रति आपत्ति
पुनर्निर्माण र पुनः स्थापनाका लागि संसदीय समिति गठन गर्न माग
पुनर्निर्माण र पुनः स्थापनाका लागि संसदीय समिति गठन गर्न माग
नेप्से ४८.५७ अंकले बढ्यो, ८ अर्ब २९ करोडको कारोबार
आइतबारको बिदा खारेज गरी पुरानै व्यवस्था कायम गर्न संसदमा माग
आइतबारको बिदा खारेज गरी पुरानै व्यवस्था कायम गर्न संसदमा माग
नेपाली कांग्रेसद्वारा ‘निर्वाचन निर्देशिका, २०८३’ जारी
नेपाली कांग्रेसद्वारा ‘निर्वाचन निर्देशिका, २०८३’ जारी
अस्पतालको आईसीयूभित्र अन्तर्वार्ता लिएकोबारे संसदमा प्रश्न
अस्पतालको आईसीयूभित्र अन्तर्वार्ता लिएकोबारे संसदमा प्रश्न
डेभिड वार्नरले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने
डेभिड वार्नरले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
जलवायु संकटमा विश्वको साथ खोज्दै प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×