कोशीमा क्षतिपूर्ति कार्यविधि स्वीकृत, आयोजना निर्माणले गति लिने

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार १८:५९

विराटनगर । कोशी प्रदेश सरकारले ग्रामीण सडक विस्तारका क्रममा प्रभावित हुने भौतिक संरचनाको उचित क्षतिपूर्ति निर्धारण तथा व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (मंगलबार) बसेको बैठकको यो निर्णयसँगै रोकिएका आयोजनाहरू अघि बढाउने र प्रभावित स्थानीयलाई नियमसङ्गत मुआब्जा दिने बाटो खुलेको छ ।

बैठकले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र छिटोछरितो बनाउन नियमावली तथा मापदण्ड संशोधन प्रस्ताव पारित गरेको छ । साथै, युवाहरूलाई स्वरोजगार बनाउन सञ्चालित सीप विकास कार्यक्रमका परिमार्जित कार्यविधिलाई पनि स्वीकृत गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

Advertisement

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाका अनुसार विषयगत मन्त्रालयका नीतिगत मस्यौदाहरूलाई सम्बन्धित समिति र प्रदेश सभामा पठाउने सहमति भएको छ । साथै, प्रदेश योजना आयोगमार्फत विकास आयोजनाहरूको प्रभावकारी अनुगमन गर्न र बजेट कार्यान्वयनलाई चुस्त बनाउन मन्त्रालयहरूलाई निर्देशन दिइएको छ

बैठकले मन्त्रिपरिषद् सदस्य, पदाधिकारी तथा सचिवालयमा कार्यरत कर्मचारीहरूको  ७ दिनको पारिश्रमिक रकम भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

त्यस्तै, प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोग र प्रदेश सचिव आसमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजका लागि खटाउने निर्णय गरेको छ । बैठकले ‘कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावना अध्ययन कार्यदल’ को म्याद ६० दिन थप गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश सरकार सञ्चालनका लागि नेकपा एमाले र नेकपाले संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न सबै मन्त्रालयमा लेखी पठाउने निर्णय पनि गरेको मन्त्री शेर्पाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन
विराटनगर किङ्सद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा
उद्योग संगठन र व्यापार संघबीच सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता 
उद्योग संगठन र व्यापार संघबीच सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता 
कोशीमा क्षतिपूर्ति कार्यविधि स्वीकृत, आयोजना निर्माणले गति लिने
चिया मजदुरका माग पूरा गर्न माग
चिया मजदुरका माग पूरा गर्न माग
हिउँदमा लोडसेडिङ हुन नदिने प्राधिकरणको तयारी
हिउँदमा लोडसेडिङ हुन नदिने प्राधिकरणको तयारी
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते
देउवाद्वारा पार्टी एकताका लागि ७ बुँदे अपिल जारी, असोजको महाधिवेशनप्रति आपत्ति
पुनर्निर्माण र पुनः स्थापनाका लागि संसदीय समिति गठन गर्न माग
पुनर्निर्माण र पुनः स्थापनाका लागि संसदीय समिति गठन गर्न माग
नेप्से ४८.५७ अंकले बढ्यो, ८ अर्ब २९ करोडको कारोबार
आइतबारको बिदा खारेज गरी पुरानै व्यवस्था कायम गर्न संसदमा माग
आइतबारको बिदा खारेज गरी पुरानै व्यवस्था कायम गर्न संसदमा माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×