गुटको घेराबाट बाहिर निस्कन डा. कोइरालाको आग्रह

Share this
612shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १४:०४

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र बढ्दै गएको विभाजन र गुटगत गतिविधिप्रति चिन्ता जनाउँदै आपसी संवाद र समझदारीमार्फत कांग्रेसलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् ।

बिहीबार प्रेस विज्ञप्तिमार्फत उनले पार्टीको आसन्न महाधिवेशनसँगै मुलुकको पछिल्लो अवस्थालाई लिएर कांग्रेस गम्भीर बन्नुपर्ने बताएका हुन् । कांग्रेस आफ्नो राजनीतिक विरासत, आदर्श र सिद्धान्तबाट क्रमशः टाढिँदै गएको उनको भनाइ छ ।

Advertisement

डा. कोइरालाले पार्टीको वर्तमान अवस्थालाई विभाजित र गन्तव्यविहीन अवस्थासँग तुलना गर्दै संस्थापक नेता बीपी कोइरालाको राजनीतिक तथा नैतिक दर्शनलाई आत्मसात् गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार कांग्रेसभित्रको विभाजनले पार्टीको मात्रै नभई राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमासमेत असर पार्न सक्ने अवस्था देखिएको छ ।

प्राकृतिक विपद्बाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा नागरिकले भोगिरहेको पीडाप्रति कांग्रेस पर्याप्त संवेदनशील हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । नागरिकले आफन्त गुमाइरहेको र पीडामा रहेको अवस्थामा पार्टीभित्र कानुन र विधानका विषयमै बढी अल्झिनु उचित नभएको उनको भनाइ छ ।

आसन्न दुईवटा महाधिवेशनलाई लिएर देखिएको विवादले पार्टीलाई थप विभाजित बनाउन नहुने भन्दै उनले मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्नुपर्ने बताएका छन् । कसैलाई पराजित वा अपमानित गरेर विजयको उत्सव मनाउने संस्कार कांग्रेसको नभएको पनि उनले उल्लेख गरेका छन् ।

आफू कांग्रेस र मुलुकको लोकतन्त्र सफल भएको हेर्न चाहने एक कांग्रेस कार्यकर्ता भएको उल्लेख गर्दै डा. कोइरालाले पार्टीका नेता तथा कार्यकर्तालाई एकताको अभियानमा जुट्न आग्रह गरेका छन् । उनले आफू कसैप्रति आरोप–प्रत्यारोप गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै संवाद र सहकार्यबाट पार्टीलाई पुनः एकताबद्ध बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

‘हामी उठ्छौं, जुट्छौं र जित्छौं’ भन्ने विश्वाससहित गाउँदेखि विदेशसम्म रहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई एकताको अभियानमा सहभागी हुन उनले अनुरोध गरेका छन् । पार्टीभित्रको संवाद र एकताको प्रयासलाई निरन्तरता दिने बताउँदै डा. कोइरालाले छिट्टै गाउँघर पुगेर कांग्रेसका नेता तथा कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

तपाइको प्रतिक्रिया
विदेशी हस्तक्षेपबारे सरकारसँग जवाफ माग्दै श्रम संस्कृति पार्टी
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रारम्भिक मतदाता नामावली
सरकारबाट पहल नभए फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउने एन्फाको भनाइ
बंगलादेशमा दशकौँयताकै गम्भीर दादुरा प्रकोप
अस्पतालबाहिर सुत्केरी प्रकरणः स्वास्थ्यकर्मीमाथि कारबाही सिफारिस
अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
एक वर्षमा अख्तियारमा ४० हजारभन्दा बढी उजुरी
चिलिमे सुरुङमा भेटिएका ५ शव परिवारलाई हस्तान्तरण
प्रमुख प्रशासकीय नहुँदा विराटनगरमा ६० करोडको भुक्तानी अड्कियो
गुटको घेराबाट बाहिर निस्कन डा. कोइरालाको आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×