अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १४:५४

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। बिहीबार शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको ३६औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।

प्रतिवेदन पेस गर्दै राईले भ्रष्टाचारको स्वरूप र प्रवृत्ति परिवर्तन हुँदै गएकाले अनुसन्धानलाई प्रविधिमैत्री र नतिजामुखी बनाउँदै लगिएको बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आयोगमा ३३ हजार ५२९ उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ७ हजार ३२३ सहित कुल ४० हजार ८४२ उजुरी कायम भएकामा ३२ हजार ८२३ अर्थात् ८० दशमलव ३७ प्रतिशत फर्स्योट भएका छन् । बाँकी ८ हजार १९ उजुरी चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन् ।

Advertisement

आयोगका अनुसार स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै २० हजार २५ अर्थात् करिब ४९ प्रतिशत छन् । संघसँग सम्बन्धित १५ हजार ५१२ र प्रदेशसँग सम्बन्धित ५ हजार ३०५ उजुरी रहेका छन् । आयोगले विस्तृत अनुसन्धान सम्पन्न गरेका ८७४ उजुरीमध्ये १७५ वटामा विशेष अदालतमा मुद्दा दायर गरेको छ । ५८५ वटा तामेलीमा राखिएको, ९० वटामा सम्बन्धित निकायलाई सुझाव दिइएको र ७ वटामा कारबाहीका लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।

विशेष अदालतमा दायर मुद्दामा कैद तथा जरिवानाका अतिरिक्त २५ अर्ब २३ करोड ६५ लाख ९७ हजार ९८९ रुपैयाँ ८२ पैसा बिगो मागदाबी गरिएको छ । प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण आयोगको मात्र जिम्मेवारी नभई तीनै तहका सरकार, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिकको समेत साझा जिम्मेवारी रहेको बताए । आयोगले डिजिटल फरेन्सिकलगायत प्रविधिको प्रयोग बढाउँदै जोखिमयुक्त क्षेत्रमा पूर्वसक्रिय अनुसन्धान प्रणाली अवलम्बन गर्न थालेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
असन्तुष्टि सम्बोधन भयो, अब सबैलाई समेटेर जान्छौं: थापा
जलवायु न्याय र क्षतिपूर्तिको विषय महासभामा सशक्त रूपमा उठाइने
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलन भयो साढे १४ अर्ब
भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर हराए
भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर हराए
विदेशी हस्तक्षेपबारे सरकारसँग जवाफ माग्दै श्रम संस्कृति पार्टी
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रारम्भिक मतदाता नामावली
सरकारबाट पहल नभए फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउने एन्फाको भनाइ
बंगलादेशमा दशकौँयताकै गम्भीर दादुरा प्रकोप
अस्पतालबाहिर सुत्केरी प्रकरणः स्वास्थ्यकर्मीमाथि कारबाही सिफारिस
अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×