सरकारविरुद्ध आन्दोलनको तयारीमा छौँ : प्रचण्ड

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार १५:२८

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध आन्दोलनको तयारीमा रहेको बताएका छन् ।

नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले दमन र ज्यादती सुरु गरेको आरोप लगाउँदै त्यसविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने बताए ।

Advertisement

‘अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ । हामी त्यसको पनि तयारीमा छौँ,’ उनले भने ।

नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले विभिन्न राजनीतिक दल, बुद्धिजीवी तथा नागरिक समाजसँग लगातार छलफल भइरहेको बताए। ती छलफल सकारात्मक दिशामा अघि बढिरहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×