संविधान दिवसमा विराटनगरमा प्रभातफेरी (फोटो फिचर)

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३, शनिबार ११:२४
संविधान दिवसमा विराटनगरमा प्रभातफेरी (फोटो फिचर)

विराटनगर । संविधान दिवसका अवसरमा शनिबार विराटनगरमा प्रभातफेरी निकालिएको छ । कोशी संविधान दिवस समारोह मूल आयोजक समितिको आयोजनामा प्रभातफेरी निकालिएको हो ।

Advertisement

विराटनगरस्थित सहिद रंगशालाबाट सुरु भएको प्रभातफेरीले विराटनगर बजारका विभिन्न क्षेत्रको परिक्रमा गरी पुनः सहिद रंगशालामै पुगेर समारोहमा परिणत भएको थियो ।

प्रभातफेरीमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका विभिन्न जातजाति तथा समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । प्रदेशका विभिन्न जिल्लाबाट आएका सांस्कृतिक समूहहरूले समेत झाँकी प्रस्तुत गरेका थिए।

प्रभातफेरीमा प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, विद्यार्थी, स्काउटलगायत सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।


संविधान दिवसका अवसरमा आयोजित निबन्ध, हाजिरी जवाफ, दौड र ब्याडमिन्टनका विजयी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले पुरस्कार प्रदान गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×