सांकेतिक तस्बिरसिरहा । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
सिरहा नगरपालिका–१९ का ३५ वर्षीय सञ्जय यादवको मोटर चलाएर खेतमा पानी पठाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख वासुदेव पाठकका अनुसार करेन्ट लागेका यादवको घटनास्थलमै मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ।

























