
काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक आज (आइतबार) बस्दै छन्।
केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा, केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रतिवेदन तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनबारे निष्कर्षमा पुग्न बैठक बस्न लागेको हो।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पुनर्गठन कार्यदलको बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ।
यसअघि कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत भएकाले एउटै प्रतिवेदन तयार गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो। कार्यदलको बैठकपछि आजै दिउँसो १ बजे सचिवालय बैठक पनि च्यासलमै बस्नेछ।

























