रास्वपा सचिवालय बैठकका सात निर्णय : अनुशासन आयोगमा १० जना थपिए, तीन विभागमा नयाँ जिम्मेवारी

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १८:२६

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले समसामयिक राजनीतिक परिस्थिति, विपद् व्यवस्थापन तथा पार्टीका आन्तरिक विषयमा छलफल गर्दै विभिन्न सात निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा आइतबार बसेको बैठकले रसुवामा बाढीपछि विकसित घटनाक्रम, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता तथा पार्टीका विभिन्न आयोग र विभागमा मनोनयनलगायत विषयमा निर्णय गरेको हो । बैठकपछि प्रवक्ता जगदीश खरेलले प्रेस विज्ञप्ति जारी गर्दै निर्णयहरू सार्वजनिक गरेका छन् । उनका अनुसार बैठकले पार्टी केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिने निर्णय गरेको छ ।

Advertisement

अनुशासन आयोगमा अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुंखे र अधिवक्ता श्वेता कुमारी मनोनित भएका छन् । त्यस्तै, युवा तथा खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखमा ज्ञानेन्द्र मल्ललाई मनोनयन गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मत जंग कार्कीलाई जिम्मेवारी दिइएको छ ।

सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई मनोनयन गरिएको रास्वपाले जनाएको छ । बैठकले रसुवा बाढीपछिको अवस्थाका बारेमा आवश्यक छलफल गर्दै विपद्सँग सम्बन्धित विषयमा पार्टीको भूमिका र आगामी कदमबारे समेत छलफल गरेको थियो ।

त्यस्तै, प्रधानमन्त्री शाहको संयुक्त राष्ट्रसंघको महासभामा सहभागितासँग सम्बन्धित विषयमा पनि बैठकमा छलफल भएको प्रवक्ता खरेलले बताएका छन् । सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विपद् व्यवस्थापन र पार्टीका आन्तरिक विषयलाई केन्द्रमा राखेर छलफल भएको रास्वपाले जनाएको छ ।

यस्ता छन् निर्णय

तपाइको प्रतिक्रिया
६ हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन, मोरङ–६ सहित केहीमा बाँकी
हावाहुरीले भाँचेको रुखको हाँगाले लागेर सुनसरीमा महिलाको मृत्यु
महासभामा भोटेकोशी विपदको विषय उठाउन रास्वपाको निर्देशन
रास्वपा सचिवालय बैठकका सात निर्णय : अनुशासन आयोगमा १० जना थपिए, तीन विभागमा नयाँ जिम्मेवारी
परराष्ट्रमन्त्री न्युयोर्कतर्फ
काजकिस्तानमाथि नेपालको शानदार जित 
काजकिस्तानमाथि नेपालको शानदार जित 
मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो
धरानको विजयपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अध्ययन अघि बढाउन माग
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
वैदेशिक रोजगारीमा जानेमा कोशीका तीन जिल्ला अग्रस्थानमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×