६ हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन, मोरङ–६ सहित केहीमा बाँकी

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १९:१३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि देशभर भइरहेको वडा अधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन प्रक्रिया पूरा भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गते शनिबारदेखि सुरु भएको वडा अधिवेशनको दोस्रो दिनसम्म अधिकांश वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया सम्पन्न भएको हो । तर रसुवा, नुवाकोट र धादिङका सबै वडा तथा सप्तरीका निर्वाचन क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ र नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ मा भने अधिवेशन सम्पन्न हुन बाँकी रहेको समितिले जनाएको छ ।

Advertisement

बाँकी रहेका क्षेत्रमा असोज ५ गते सोमबारसम्म अधिवेशनको प्रक्रिया जारी रहनेछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमार्फत निर्धारित कार्यतालिकाअनुसार बाँकी वडाको अधिवेशन सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

वडा तहबाट चयन हुने प्रतिनिधि तथा कार्यसमितिको प्रक्रियासँगै कांग्रेसको १५औँ महाधिवेशनको तयारी अघि बढिरहेको छ । कांग्रेसले केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका तय गरेको छ ।

तपाइको प्रतिक्रिया
भरत दाहाल पक्राउ प्रकरण : कोशीका पूर्वमन्त्रीको अश्लील स्टाटस
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
६ हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन, मोरङ–६ सहित केहीमा बाँकी
हावाहुरीले भाँचेको रुखको हाँगाले लागेर सुनसरीमा महिलाको मृत्यु
महासभामा भोटेकोशी विपदको विषय उठाउन रास्वपाको निर्देशन
रास्वपा सचिवालय बैठकका सात निर्णय : अनुशासन आयोगमा १० जना थपिए, तीन विभागमा नयाँ जिम्मेवारी
परराष्ट्रमन्त्री न्युयोर्कतर्फ
काजकिस्तानमाथि नेपालको शानदार जित 
काजकिस्तानमाथि नेपालको शानदार जित 
मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो
धरानको विजयपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अध्ययन अघि बढाउन माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×