
काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत अधिवेशन हुन बाँकी रहेका वडामा सोमबार पनि वडा अधिवेशन हुँदैछ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सप्तरीका क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा नवलपरासी (परासी) क्षेत्र नम्बर २ का बाँकी वडामा अधिवेशन हुनेछ।
कांग्रेसले आइतबारसम्म ६ हजार १३२ वडाको अधिवेशन सम्पन्न गरिसकेको छ। पार्टीले १ असोजदेखि वडा अधिवेशन सुरु गरेको थियो।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा भने वडा अधिवेशन हुन सकेको छैन।

























