
काठमाडौं । प्रतिनिधिसभाको आज (सोमबार) बसेको बैठकले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित पेस भएको विधेयक बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो। विधेयकमाथि समितिको प्रतिवेदनमा सांसदहरूले राखेका धारणाको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले दिएकी थिइन्।
विधेयक पारित गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।

























