भारी वर्षाको चेतावनीपछि विराटनगरमा विपद् व्यवस्थापनको तयारी

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार १७:०८

विराटनगर । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि कोशी प्रदेशसहित देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि विराटनगर महानगरपालिकाले विपद् व्यवस्थापनको तयारी तीव्र बनाएको छ । बाढी तथा डुबानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै महानगरले सरोकारवाला निकायसँग छलफल गरी उद्धार, राहत र विस्थापितको व्यवस्थापनका लागि आवश्यक तयारी गरेको हो ।

आज (बुधबार) महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले सम्भावित विपद्को सामूहिक रूपमा सामना गर्ने निर्णय गरेको छ । बैठकमा जोखिमयुक्त क्षेत्रको पहिचान, उद्धार टोलीको परिचालन र विस्थापितलाई सुरक्षित स्थानमा राख्ने व्यवस्थाबारे छलफल भएको थियो । प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले खोला किनारका जोखिमयुक्त बस्तीमा समयमै सूचना पुर्‍याउने, सुरक्षा निकायमार्फत उद्धार सामग्री परिचालन गर्ने र विस्थापितलाई नजिकका विद्यालय, सामुदायिक भवन तथा मन्दिरमा राख्ने तयारी गरिएको बताए । उनले जोखिमयुक्त क्षेत्रमा उद्धार टोलीलाई उच्च सतर्कताका साथ परिचालन गरिने जानकारी दिए ।

Advertisement

महानगरले बाढी तथा डुबानबाट प्रभावित हुनसक्ने नागरिकका लागि ४४ भन्दा बढी स्थानमा अस्थायी आश्रयस्थल पहिचान गरेको छ । महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार उद्धारपछि विस्थापितको बसोबास र राहत व्यवस्थापनमा समस्या नहोस् भनेर ती स्थानलाई तयारी अवस्थामा राखिएको छ । महानगर प्रमुख कोइरालाले बाढी तथा डुबानबाट महानगरवासीको जिउधन जोगाउन महानगरले उपलब्ध सबै स्रोतसाधन परिचालन गर्ने बताए । उनले विपद्को समयमा वडा, सुरक्षा निकाय र स्थानीयवासीलाई एकजुट भएर पूर्वतयारीमा लाग्न आग्रह गरे ।

बैठकमा विभिन्न वडाका अध्यक्ष तथा प्रतिनिधिले आफ्नो क्षेत्रमा रहेका जोखिमयुक्त स्थानबारे जानकारी गराउँदै खोला किनारका बासिन्दालाई पूर्वसूचना दिएर सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन सुझाव दिएका थिए । गैरसरकारी संस्था महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले विपद्का बेला बालबालिका, महिला र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने भएकाले उनीहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताइन् ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारी र नेपाली सेनाका क्याप्टेन कृष्णकुमार कार्कीले सम्भावित विपद्का बेला उद्धार तथा जनधनको सुरक्षाका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताए । बैठकमा महानगरस्तरीय राजनीतिक दलका प्रतिनिधि, मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङसहित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको झोलुंगे पुल पुनर्निर्माणपछि सञ्चालनमा
भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्रीको आग्रह
भारी वर्षाको चेतावनीपछि विराटनगरमा विपद् व्यवस्थापनको तयारी
सम्मानजनक बिदाइ लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न ओलीलाई आग्रह
नेप्सेमा १९ अंकको गिरावट 
नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घट्यो
इलामको जंगलमा लुकाएर राखिएको ५५२ किलो फर्सीको बियाँ बरामद
परीक्षाको सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि अन्तिम नतिजा रोक्न नहुने सर्वोच्चको आदेश
प्रस्तावित कानुन आयोग विधेयकप्रति बारको आपत्ति, स्वायत्तता कमजोर हुने दाबी
इटहरीमा सीप तथा रोजगार मेला, ६५ स्टलबाट रोजगारीको अवसर
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×