चाडपर्वका बेला खाद्यान्न आपूर्ति सहज बनाउन संसदमा माग

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार १५:१२

काठमाडौं। राष्ट्रिय सभाका सांसदहरुहले चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यान्नको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय सभाको आज (बिहीबार) को बैठकको शून्य समयमा सांसद सोनाम गेल्जेन शेर्पाले चाडवाडमा आपूर्ति सहज बनाउन, बजार अनुगमन प्रभावकारी बनाउन र कालोबजारी अन्त्य गर्न सरकारसँग माग गरे। उनले सहज अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाई जनतालाई राहत दिन आग्रह गरे।

Advertisement

सांसद भुवनबहादुर सुनारले ग्रेजोन मिडियामा नेपालसम्बन्धी आएको समाचार बारेमा स्पष्ट पार्न सरकारसँग आग्रह गरे। सांसद मदनकुमारी शाह ९गरिमा० ले जापानका लागि राजदूत सिफारिस भएका व्यक्तिको उक्त देशको ‘पिआर’ रहेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो बारेमा सत्यतथ्य जानकारी गराउन माग गरिन्।

सांसद युवराज शर्माले शिक्षा, स्वास्थ्य, व्यापार, जनताको सुरक्षाका क्षेत्रमा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद राजेन्द्र लक्ष्मी गैरेले त्रिपुरेश्वर चोकमा केही दिनअघि चालकसँग भएको विवाद र चालकले आत्मदाह गरेको समाचारका बारेमा सरकारसँग स्पष्ट जानकारी माग गर्दै त्यस्तो अवस्थामा राज्यका निकायले संवाद गरेर मनाउनु पर्नेमा सो नभएको भन्दै टिप्पणी गरिन्।

सांसद सरेशकुमार आलेमगरले भोटेकोशीमा गएको बाढी जलवायु परिवर्तनका असरका कारण भएको बताउँदै अनुकूलनका क्षेत्रमा स्थानीय आदिवासी, जनजातिसँग भएका सीप र अनुभवको सहयोग लिनु पर्नेमा जोड दिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×