इटहरी कांग्रेस सभापतिमा विकास केसी सर्वसम्मत

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार २१:२७

इटहरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इटहरी उपमहानगरपालिका नगरसमितिको सभापतिमा विकास केसी सर्वसम्मत चयन भएका छन्। सभापतिका लागि केसी र बालकृष्ण विष्टबीच प्रतिस्पर्धा हुने भएपछि बुधबार दिनभर सहमतिको प्रयास गरिएको थियो। सहमति नजुटेपछि बिहीबार मतदानको तयारी गरिएको थियो। तर बिहीबार बिहान पुनः दुवै पक्षबीच छलफल भएपछि सहमति जुटेको हो।

निवर्तमान नगर सभापति हेमकर्ण पौडेललगायत नेताहरूको पहलमा भएको छलफलपछि विष्टले सभापति पदको दाबी छाडेपछि केसी सर्वसम्मत चयन भएका हुन्। सहमतिअनुसार विष्टलाई आगामी दिनमा जिल्ला तहको पदाधिकारी र केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढाउने समझदारी भएको बताइएको छ।

Advertisement

निर्वाचन समितिका अनुसार उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत चयन भएका छन्। सचिवमा सूर्यनारायण चौधरी र सहसचिवमा रोशन तामाङ चयन भएका छन्। त्यस्तै, सभापति केसीले दिनेश अधिकारीलाई कोषाध्यक्षमा मनोनीत गरेका छन् भने प्रल्हाद दाहाललाई नगर प्रवक्ताको जिम्मेवारी दिने सहमति भएको छ। नगर सदस्य तथा खुला सदस्यसमेत सर्वसम्मत चयन गर्ने सहमति भएको जनाइएको छ।

विष्ट १४औँ महाधिवेशनमा केसीकै समूहबाट इटहरी नगर उपसभापतिमा निर्वाचित भएका थिए। केसी भने यसअघि १३औँ र १४औँ महाधिवेशनमा नगर सभापतिका लागि प्रतिस्पर्धा गरेर पराजित भएका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×